images
images

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन

  • ५ असार २०८०, मंगलवार १८:०३

बझाङमा गाडी दुर्घटनामा परि गम्भिर घाईते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा आज अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुए एसपी सन्तोषसिंह राठौंले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गर्नुभयो । यसअघि नै उनकी पत्नी र उनकी भाउजुको बझाङमै निधन भइसकेको छ। सुपप ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानबाट कालंगा खोला किनारमा खसेको हो ।

बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले दुर्घटनामा परेका मन्त्री सिंहका सवारी चालक धर्मराज जोशी र मन्त्रीका अंगरक्षक प्रहरी हवल्दार दिपक भण्डारीको अवस्था गम्भिर रहेको जानकारी दिनुभयो । उनीहरुलाई थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ ।