सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाईते चएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकी राखेको यात्रीबाहक बस ठोक्किंदा सर्लाहीकै हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।
यसैबीच, दोलखाको भीमेश्वर नगरपालिका–५ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । दुर्घटनामा परी रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका २१ वर्षीय सागर क्षेत्री घाईते भएका हुन् । चरिकोट–मन्थली सडकखण्डमा तामाकोशीबाट विरुवातर्फ आउँदै गरेको बा ७८ प ९९२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–३–०२–०१२ प ८०९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा हिजो दुर्घटना भएको हो ।










