
जिरी(दोलखा) । आज दोलखा सहित सात जिल्लामा बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज विहान सूचना जारी गरी दोलखा, इलाम, लम्जुङ, झापा, ताप्लेजुङ, संखुवासभा र तनहु जिल्ला आसपास भई बहने नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो । अन्य धेरै जिल्लाहरुमा स–साना नदीहरुमा बहाव सामान्य बढ्ने पूर्वानुमान गरिएपनि यी ७ जिल्ला बढी जोखिममा रहको छ । आज कोशी, मधेश, बागमती, तथा गण्डकी प्रदेश भई बहने स–साना नदीहरुमा बहाव केही बढ्ने महाशाखाको पूर्वानुमान छ ।