images
images

बागमती प्रदेशको बजेटमा नेपाली कांग्रेसको अन्तुष्टी, प्रदेशसभामा अवरोध

  • ७ असार २०८१, बिहीबार १८:०८

हेटौँडा । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि बागमती प्रदेशको प्रदेशभा बैठक स्थगित भएको छ ।

बागमती प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्षको बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरुले बैठकमा अवरोध गरेका हुन् । बजेटमाथिको छलफलका लागि आज बिहान ११ बजे बोलाईएको बैठक २ घण्टा ढिलागरि १ बजेबाट सुरु भएको थियो । बैठक सुरु हुनेवित्तिकै कांग्रेस सहितका प्रतिपक्षी दलले विरोध गरेका थिए । बैठकको सुरुमा विशेष समय माग गर्दै बोलेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले असार १ गते पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्यांक नमिलेको भन्दै सरकारको विरोध गरेका थिए । कांग्रेसले बजेट वक्तव्यमा उल्लेख भए बमोजिम रातो किताबमा बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने अडान लिएपछि प्रदेशका सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

बागमती प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्षको बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरुले बैठकमा अवरोध गरेका हुन् । बागमती प्रदेशसभाले सूचना जारी गरेर ३ बजेका लागि बोलाईएको बैठक विशेष कारणबस भोली बिहान ११ बजे बस्नेगरि स्थगित भएको जानकारी दिएको छ ।

प्रदेशसभामा प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले करिब २० मिनेटसम्म नाराबाजी गरेका थिए । प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएपनि आज पुनः बस्न नसकेपछि भोलीसम्मका लागि स्थगित गरिएको छ । बागमती प्रदेशसभाले सूचना जारी गरेर ३ बजेका लागि बोलाईएको बैठक विशेष कारणबस भोली बिहान ११ बजे बस्नेगरि स्थगित भएको जानकारी दिएको हो ।

बैठक सञ्चालन गर्ने विषयमा बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपा र नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेताबीच छलफल भईरहेको छ ।