images
images

दोलखाको सुनखानी–साङवा सडकमा ट्रिपर दुर्घटना, इन्जिनियर सहित तीन जना घाइते

जिरी(दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

कालिञ्चोक गाउँपालिका–६ स्थित गोदोनमा ट्रिपर दुर्घटना हुँदा इन्जिनियर सहित तीन जना घाइते भएका हुन् । घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ वर्षीय अंगत यादव र ट्रिपर चालकहरु सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर र धादिङका अन्दाजी ३५ वर्षीय सरोज श्रेष्ठ रहेको कालिञ्चोक–६ का अध्यक्ष भरत पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुकी करिब साँढे ५ बजे दुर्घटनामा परि घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम चरिकोट पठाईएको छ । सुनखानी–साङवा सडक निर्माणको क्रममा ट्रिपर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।