images
images

भीमेश्वरको जिलुमा टेम्पु दुर्घटनाःचार जना घाइते, एकको अवस्था गम्भीर

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकास्थित जिलुमा टेम्पु दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका छन् ।

चरिकोटबाट जिलुतर्फ जाँदै गरेको टेम्पु भीमेश्वर नगरपालिका–४ स्थित जिलुमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । दुर्घटनामा परि घाइते हुनेमा जिलुकी २० वर्षीया करिस्मा चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षकै सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई रहेका छन् । घाइतेमध्ये करिस्माको अवस्था गम्भीर रहेको दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । अहिले उनीहरुको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भैरहेको छ । टेम्पु सडकबाट करिब १२० मिटर तल खसेको थियो ।