जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पालिकाहरुमा ६ जनाको एन्टिजिन परिक्षण गरिएकोमा बैतेश्वरका २ महिलामा कोरोना देखिएको हो । यो सँगै पछिल्लो पटक बैतेश्वरमा ४ जना सक्रिय संक्रमित भएका छन् । हाल बैतेश्वर गाउँपालिकामा ४ र जिरी नगरपालिकामा २ जना गरी जिल्लामा ६ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।










