images
images

रामेछापमा ३ जनामा डेंगु संक्रमण

  • ४ श्रावण २०७९, बुधबार २१:२०

रामेछापमा तीन जनामा डेंगु पुष्टि भएको छ ।

रामेछापमा लामखुट्टेको टोकाईबाट तीन जनामा डेंगु भेटिएको हो । अस्पताल उपचार गर्न पुगेका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । रामेछाप नगरपालिका वडा नम्बर ९ का कुल बहादुर श्रेष्ठ, वडा ८ का मन्दिप हायु र निरुता हायुमा डेंगु देखिएको अस्पतालले जनाएको छ ।

एडिस जातिका ( एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।