images
images

प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा उद्योगहरुको लाइन जोड्न नमिल्ने प्राधिकरणको निष्कर्ष

  • ५ श्रावण २०८१, शनिबार १३:२६

काठमाडौँ । नेपाल विद्युत प्राकिधरणले प्रधानमन्त्रीको मौखिक निर्देशनमा उद्योगहरुमा लाईन जोड्न नमिल्ने निश्कर्ष निकालेको छ ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले प्रधानमन्त्रीको मौखिक निर्देशनको भरमा उद्योगहरुमा लाईन जोड्न नमिल्ने निश्कर्ष निकालेको हो । सञ्चालक समितिको उर्जा मन्त्रालयमा बसेको बैठकले कहीँबाट लिखित निर्देशन नआई प्रधानमन्त्रीको मौखिक निर्देशनकै भरमा काटिएको लाईन जोड्न नसकिने निश्कर्ष निकालेको छ । उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकमा उर्जा सचिव, राजस्व सचिव लगाएत सञ्चालक समितिका अन्य सदस्यहरु सहभागि थिए । बैठकमा मन्त्री खड्काले प्रधानमन्त्रीको निर्देशन अनुसार तत्काल लाईन जोड्ने प्रस्ताव राखेपनि अन्य सदस्यले प्रस्ताव अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री ओलीले हिजो उर्जामन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वालुवाटारमा बोलाएर ६ वटा उद्योगको लाईन तत्काल जडान गर्न निर्देशन दिनुभएको थियो ।