
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घट्ना हुँदा एक युवक गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा परि मोटरसाईकल चालक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका –११ जैसी टोल बस्ने २६ वर्षीय मिलन काफ्ले घाईते भएका हुन् । दुर्घटनामा परि गम्भिर घाईते भएका काफ्लेको धुलिखेल अस्पतालमा उपचार भईरहेको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कुन्ताबेशीबाट पाँचखालतर्फ जाँदै गरेको बा ३५ प ३१४० नम्वरको मोटरसाईकल आज मध्यान्ह आँफै अनियन्त्रित भई मण्डनदेउपुर –११ स्थित चाँखोला पुलबाट करिव ३० फिट तल खसेको काभ्रे प्रहरीले जनाएको छ ।