दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा आज दुई घण्टा पसिना आएको छ ।
भीमेश्वरको शिलामा आज दिउँसो १ः ४७ बाट सुरु भएको पसिना ३ः ५१ मा रोकिएको हो । मन्दिरको शिलामा निरन्तर २ घण्टासम्म पसिना आएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा शिलाको वाँयातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि सबैतिरबाट आएको हो । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुनासाथ ठूलो सँख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।
भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपति वा राष्ट्र प्रमुखबाट क्षमापुजा गर्नुपर्ने प्रचलन छ । सोही प्रयोजनका लागि भोली राष्ट्रपति कार्यालयमा भीमेश्वरको महाप्रसाद लगिने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारीको टोली भीमसेनको प्रसाद लिएर भोली राष्ट्रपति कार्यालयमा जानेछ ।
मन्दिरको शिलामा निरन्तर २ घण्टासम्म पसिना आएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपति वा राष्ट्र प्रमुखबाट क्षमापुजा गर्नुपर्ने प्रचलन छ । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारीको टोली भीमसेनको प्रसाद लिएर भोली राष्ट्रपति कार्यालयमा जानेछ ।
भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ । यसअघि २०७८ साल बैशाख २५ गते पनि भीमेस्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । त्यसअघि २०७७ साल मंसिर ९ गते पनि भीमसेनको शिलामा २ घण्टा ११ मिनेटसम्म पसिना आएको थियो । भीमेश्वर शीलामा वर्षैपिच्छे पसिना आउन थालेको छ । २०७६ साल फागुन ८ गते पनि भीमेश्वरको शिलामा विहान पौने ६ बजेदेखि ८ बजेर २० मिनेटसम्म पसिना आएको थियो ।
यस्तै २०७४ साल असोज १० गते पनि दिउँसो २ बजेट ५५ मिनेट जाँदादेखि ५ बजेर १५ मिनेटसम्म पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएको छ ।