हेटौँडा । नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
नेकपा एमाले संसदीय दल बागमती प्रदेशको आज बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले जानकारी दिनुभयो ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोली प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।