दोलखा । दोलखाका तीन स्थानीय तहको सयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएपछि स्थानीय चिन्तित बनेका छन् ।
लगातारको वर्षासँगै आएको बाढी पहिरो कारण यो वर्ष मात्रै कालिञ्चोक, तामाकोशी र मेलुङ गाउँपालिकाको ५ सय ५० रोपनी भन्दा बढी खेतियोग्य जमिनमा क्षेति पु¥याएको हो । खेतीयोग्य जमिनमा लगाइएको धान, कोदो, मकै लगायतका अन्नबाली पहिरोले पुरेपछि स्थानीय चिन्तित बनेका हुन् । पहिरोले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ र वडा नम्बर ८ सुनखानीमा सबैभन्दा बढी क्षेति पु¥याएको छ । यो वर्ष मात्रै यी दुई वडाको ३ सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन पहिरोले पुरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष र यो वर्षको हालसम्मको अवधिमा गरी कालिञ्चोक गाउँपालिकाभित्र मात्रै १५ सय रोपनी हाराहारी खेतीयोग्य जमिनमा क्षेति पुगेको आँकलन गरीएको छ । पालिकाभित्र पहिरोले खेतीयोग्य जमिनमा पु¥याएको क्षेतिको तथ्यांक संकलन भइरहेको अध्यक्ष शिवाकोटीको भनाई छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका स्थानीय मोदीलाल थामीले पहिरोले आफ्नो आधा भन्दा बढी जग्गा बगाएको बताउनुभयो । पहिरोका कारण आफु विस्थापित हुनुपरे पनि सम्बन्धीत पक्षले त्यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । थामीले ‘पहिरोले दुई पाथी मकैको विउ जाने बारी बगाइसकेको र बाँकी अरु पनि विस्तारै बगाउँदै लगेकाले यो बर्षको जीविकोपार्जन कसरी गर्ने भन्ने बिषयले निकै सताएको भन्दै दुखेसो पोख्नुभयो ।
दोलखाका तीन स्थानीय तहको सयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएपछि स्थानीय चिन्तित बनेका छन् । लगातारको वर्षासँगै आएको बाढी पहिरो कारण यो वर्ष मात्रै कालिञ्चोक, तामाकोशी र मेलुङ गाउँपालिकाको ५ सय ५० रोपनी भन्दा बढी खेतियोग्य जमिनमा क्षेति पु¥याएको हो ।कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका स्थानीय मोदीलाल थामीले पहिरोले आफ्नो आधा भन्दा बढी जग्गा बगाएको बताउनुभयो । पहिरोका कारण आफु विस्थापित हुनुपरे पनि सम्बन्धीत पक्षले त्यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । थामीले ‘पहिरोले दुई पाथी मकैको विउ जाने बारी बगाइसकेको र बाँकी अरु पनि विस्तारै बगाउँदै लगेकाले यो बर्षको जीविकोपार्जन कसरी गर्ने भन्ने बिषयले निकै सताएको भन्दै दुखेसो पोख्नुभयो ।
यस्तै मेलुङ गाउँपालिकाका विभिन्न स्थानमा आएको पहिरोले १ सय ५० रोपनी खेतीयोग्य जमिनमा क्षेति पु¥याएको छ । मेलुङको वडा नम्बर ७ शितलीमा पहिरोले सबैभन्दा बढी खेतीयोग्य जमिनमा क्षेति पु¥याएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । जिल्लाको तामाकोशी गाउँपालिकामा पनि लगातारको वर्षासँगै आएको पहिरोले करिव सय रोपनी खेतीयोग्य जमिनमा क्षेति पु¥याएको छ । पहिरोले वडा नम्बर ४ मालु र वडा नम्बर ५ शहरेमा बढी खेतीयोग्य जमिनमा क्षेति पु¥याएको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताव केसीले बताउनुभयो । उहाँका अनुसार भर्खरै सरेको धानबालीमा पहिरोले सबैभन्दा बढी क्षेति पु¥याएको छ । गाउँपालिकाले वडा अध्यक्षको नेतृत्वमा कृषियोग्य जमिनमा पहिरोले पु¥याएको क्षेतिको एकिन गर्न समिति गठन गरेको र वडाले दिएको प्रतिवेदनका आधारमा पालिकाले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
पहिरोका कारण दोलखाका अन्य स्थानीय तहमा पनि खेतीयोग्य जमिनमा क्षेति पु¥याएको छ । वर्षेनि पहिरोले सयौ रोपनी खेतीयोग्य जमिन कटान गर्नुका साथै पहिरो सँगसँगै बग्ने गरेपनि स्थानीय सरकारले त्यसतर्फ ध्यान दिएका छैनन । स्थानीय सरकारले ठोस योजना ल्याउन नसक्दा पहिरो पीडीतहरुले वर्षेनी थप क्षेति व्यहोर्नुपरेको छ । वर्खायाममा बाढी पहिरो आएपछि क्षेतिको विवरण संकलन गर्ने गरिए पनि त्यसको दिर्घकालीन समाधानको उपायतर्फ स्थानीय सरकारले खासै चासो देखाएका छैनन ।



दुर्गा बस्नेत 






