images
images

चिनमा कोरोना बढ्दा रसुवागढी र तातोपानी नाका बन्द, दुई सातादेखि सामान आयात ठप्प

  • ४ भाद्र २०७९, शनिबार १६:०३

नेपाल र चीन जोड्ने नाका करिब दुई सातादेखि बन्द गरिएको छ । रसुवागढी र तातोपानी नाका दुई सातादेखि बन्द रहँदा सामान आयात ठप्प भएको छ ।

रसुवागढी र तातोपानी नाका बन्द रहँदा दशैँको लागि भन्दै व्यापारीले ल्याउँदै गरेको सामान पनि रोकिएको हो । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा नेपाल आउने सामान नाकामै थन्किएको हो । चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । तत्काल नाका नखुले दशैँमा बजार नै प्रभावित हुन सक्ने देखिएको छ । कोरोनाका कारण चीनले तीन वर्ष अघिदेखि नै नाकामा कडाइ गर्न थालेको हो ।

कोरोना सङ्क्रमण कम भएपछि नाका आंशिक खुलेको थियो । पुनः चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको छ ।