images
images

माओवादी केन्द्रले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण दिने

  • ४ भाद्र २०७९, शनिबार १८:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण चलाउने भएको छ ।

माओवादीले सात भौगोलिक दुई गैर भौगोलिक सहित ९ प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण चलाउने भएको हो । भदौ ७ गतेसम्म गठबन्धनको चुनावि तालमेलका विषयमा गम्भिर छलफल हुने भएकाले भदौ ८ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने माओवादीले जनाएको छ । पार्टी प्रवक्ता कृष्ण बहादुर महराका अनुसार भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेशमा प्रशिक्षण हुने भएको छ । यस्तै १६ गते कर्णाली प्रदेश र १७ गते सुदरपश्चिम प्रदेशमा प्रशिक्षण हुनेछ । पार्टीलाई आगामी मंसिर ४ गतेको निर्वाचनमा केन्द्रित गर्न राजनितिक तथा वैचारिक प्रशिक्षण गर्न लागिएको हो ।

घोषणापत्र तयार गर्न समिति गठन

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । आज बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न समिति गठन गरेको हो । समितिमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेका छन् ।