images
images

बजेटमा नतोकिएका नयाँ आयोजना कार्यान्वयन नगर्न आयोगको निर्देशन

  • ४ भाद्र २०७९, शनिबार १८:४१

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पुर्वाधार विकास जस्ता कार्यक्रम सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ ।

आयोगले प्रदेश निर्वाचन पुर्वाधार विकास कार्यक्रम तथा पुर्वाधार विकास कार्याक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै नयाँ आयोजना तथा कार्यक्रमहरु सञ्चालन र कार्यन्वयन नगर्न निर्देशन दिएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भइरहेका बेला मतदातालाई त्यस्ता कार्यक्रमहरुले प्रभावित पार्ने तथा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने भन्दै आयोगले सरकार, सातै वटै प्रदेश र ७ सय ५३ वटै स्थानिय तहहरुलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

योजना तथा कार्यक्रमले मतदाता प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।