दोलखा । दोलखाको विगु गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
विगु गाउँपालिका–७ आमाडोलका २९ वर्षीय सुमन खड्काको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ आफ्नै घरमा बिजुली बनाउने क्रममा उनी करेन्ट लागेर गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनलाई उपचारका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याइएको थियो । खड्काको उपचारको क्रममा गय राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।