images
images

बागमती प्रदेशमा ९९.९७ प्रतिशत विद्युतीकरण, दोलखामा पूर्ण हुन बाँकी राष्ट्रिय ग्रिडको बिजुली

  • ४ भाद्र २०८१, मंगलवार १५:४१

जिरी (दोलखा)। बागमती प्रदेशमा ९९ दशमलव ९७ प्रतिशत विद्युतीकरण भएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा राष्ट्रिय ग्रिडबाट ९९ दशमलव ९७ प्रतिशत विद्युतीकरण भएको हो । प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट र चितवनमा शतप्रतिशत विद्युतीकरण भएको छ भने अन्य जिल्लामा ९५ प्रतिशत भन्दा बढी विद्युतीकरण भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

दोलखाको ५ प्रतिशत नागरिकमा राष्ट्रिय प्रसारण लाइन अन्तर्गतको विद्युतीकरण हुन सकेको छैन । जिल्लाको केही भागमा विद्युतीकरण हुन बाँकी छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म बागमती प्रदेशका सहित ५ सय ३९ स्थानीय तहमा विद्युतीकरण भएको छ । त्यसमध्ये १ सय ९६ स्थानीय तहमा आशिक रुपमा विद्युतीकरण भएको छ ।

चालु आर्थिक वर्षभित्र विद्युत पुग्न बाँकी सबै नेपालीका घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुयाउने प्राधिकरण कार्यकारी निर्देशन कुलमान घिसिङले बताउनुभयो ।

प्राधिकरणले मुलुकभरिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ, २०८१ अनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत पुगेको छ ।