सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ३ तल्लो दहपोखरीकी २५ वर्षिया सन्तोकी माया तमाङको मृत्यु भएको हो । जंगलमा घाँस काट्न गएकी तमाङको भिरबाट लडेर मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो । तमाङको शव घरबाट ३ सय मिटर टाढा भिरालो पाखोमा घाँसको भारीले थिचेको अवस्थामा फेला परेको हो ।










