images
images

स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका दोलखाका एक हजार बढीले जरिवाना तिर्नुपर्ने

  • ४ आश्विन २०७९, मंगलवार १९:४५

दोलखा । दोलखामा स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएर खर्चको विवरण नबुझाएका १ हजार बढी उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएर तोकिएको समयमा खर्चको विवरण नबुझाउने दोलखाका १ हजार १ सय २० जना उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको हो । निर्वाचन आयोगले सुचना जारी गर्दै खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकेको हो । जसअनुसार स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ३ सय ४० जनामध्ये १ हजार १ सय २० जना उम्मेदवार कारबाहीमा पर्ने भएका हुन् । दोलखामा स्थानीय तहको निर्वाचनमा पराजित भएका गाउँपालिकाका अध्यक्षसहित ४८ जना उम्मेदवार र उपाध्यक्षका २१ जना उम्मेदवारले समयमै निर्वाचन खर्च नबुझाए वापत जरिवाना तिनुपर्ने भएको हो ।

जिल्लाका दुई पालिकाका निर्वाचित अध्यक्षका उम्मेदवार र ६ जना उपाध्यक्षका उम्मेदवारले पनि जरिवाना तिर्नुपर्ने भएको छ । जसअनुसार विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली र शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठसहित ४८ जनाले जरिवाना तिर्नुपर्ने भएको छ । यस्तै कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्याम सुन्दर तमाङ, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदी र विगु गाउँपालिकाकी उपाध्यक्ष देवीका थामीलाइ समेत आयोगले जरिवाना तोकेको छ । निर्वाचन आयोगले तोकेको समयमा खर्चको विवरण नबुझाएका जिल्लाका २ सय ९४ जना वडाध्यक्षका उम्मेदवार र ७ सय ४५ जना वडासदस्य पनि कारबाहीमा पर्ने भएका छन् । वडा सदस्यमध्ये अधिकांशले आयोगले तोकेको समयमा खर्चको विवरण नबुझाएको पाइएको छ ।

दोलखामा स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएर खर्चको विवरण नबुझाएका १ हजार बढी उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लाका दुई पालिकाका निर्वाचित अध्यक्षका उम्मेदवार र ६ जना उपाध्यक्षका उम्मेदवारले पनि जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगले तोकेको समयमा खर्चको विवरण नबुझाएका जिल्लाका २ सय ९४ जना वडाध्यक्षका उम्मेदवार र ७ सय ४५ जना वडासदस्य पनि कारबाहीमा पर्ने भएका छन् । जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मितीबाट लागु हुने गरी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना नबुझाएमा रकम असुल गर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले नगरपालिकाका प्रमुख र उपप्र्रमुख पदका उम्मेदवारहरुलाई ४ लाख ५० हजारका दरले जरिवाना तोकेको छ भने नगरपालिकाका वडाअध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरुलाई २ लाख रुपैयाँका दरले जरिवाना तोकेको छ । यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ भने गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई १ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ । उम्मेदवारले निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ३ बमोजिम ६ महिनाभित्र जरिवाना तिरेको भौचर सहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन आयोग तथा निर्वाचन आयोगमा पेश गर्न निवेदन दिनुपर्नेछ ।

सो समयावधि जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मितीबाट लागु हुने गरी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना नबुझाएमा रकम असुल गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ऐनको दफा २६ मा समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाको व्यवस्था गरिएको छ । दोलखामा स्थानीय तहको निर्वाचनमा ७३ जना प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष ३७ जना र ३ सय ४८ जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । यस्तै, ४ सय ६५ जनाले सदस्य, महिला सदस्य २ सय २० जना, दलित महिला सदस्य १ सय ९७ जना गरी जम्मा १३ सय ४० ले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।