images
images

नेपालमा कार्तिक ८ गते खण्डग्रास सुर्यग्रहण लाग्ने

  • ३ कार्तिक २०७९, बिहीबार ०९:१९

काठमाडौं । नेपालमा कार्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।
यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविद्ले जनाएका छन् । खगोलविद डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ बजेर ५३ बाट मात्रै देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ बजेर २६ मिनेटमा हुनेछ । नेपालबाट करिब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले बताउनुभयो । यसलाई नाङगो आँखाले हेर्न नहुने खगोलविद्हरुको भनाई छ ।

अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।