images
images

नेपालमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि, हालसम्म ४९ संक्रमितको मृत्यु

  • ३ कार्तिक २०७९, बिहीबार १०:१३

काठमाडौं । नेपालमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको हो । नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेकोमा डेंगुको सेरोटाइप १ र ३ देखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईले जानकारी दिनुभयो । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टि भएको थियो ।

साउनयता देखिएको डेंगु संक्रमणबाट हालसम्म ४१ हजार सात सय ४३ जना प्रभावित भएका छन् भने ४९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक संक्रमण घट्दो क्रममा रहेकाले नडराउन तथा सर्तकर्ता भने अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।