images
images

सिन्धुलीमा लागु औषध सहित एक युवक पक्राउ

  • ३ कार्तिक २०७९, बिहीबार १०:४३

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

कमलामाई नगरपालिका वडा नम्बर ९ चोरखोलाबाट लागु औषध सहित झापाका २५ वर्षिय विशाल राई पक्राउ परेका हुन् । पक्राउ परेका उनको साथबाट प्रहरीले १ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ लागु औषध बरामद गरेको छ । हिजो झापाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७९९ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथमा भएको लागु औषध फेला परेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ ।