
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बागमती प्रदेशले १४५ पदक पाएको छ ।
बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरि कुल १४५ पदक प्राप्त गरेको हो । १४५ पदक जित्दै बागमती प्रदेश पाँचौ स्थानमा रहेको छ । त्रिभुवन आर्मी क्लब भने च्याम्पियन बनेको छ । पोखरामा आज सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७१ पदक जित्दै आर्मी तालिकाको शीर्ष स्थानमा रहेको हो । आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार च्याम्पियन बनेको थियो ।
नवौँ खेलकुदमा आर्मीले १ सय ७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको छ । च्याम्पियन बनेसँगै आर्मीले च्याम्पियन्स रनिङ ट्रफी जित्न सफल भएको हो ।