पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रावि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतले ६ दिनको म्याद दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधिश नवराज दाहालको ईजलासले लामिछानेलाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिईएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
पोखरको सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो । शुक्रबार काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखर पु¥याईएको थियो । हिजो शनिबार परेकाले उनलाई आज मात्रै अदालत पेश गरिएको हो ।
अदालतले पक्राउ परेको दिनबाटै गणाना हुनेगरि अनुसन्धानको अनुमति दिएको हो । जसअनुसार लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले बुधबार सम्मको म्याद पाएको छ ।