images
images

ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट, बागमती प्रदेशबाट कार्यक्रम सुरु

  • ४ कार्तिक २०८१, आईतवार १७:२८

काठमाडौं । काठमाडौं उपत्यकामा नागरिक एपको प्रयोगमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गराउने अभियान सुरू भएको छ।

आजबाट काठमाडौं उपत्यकामा यो कार्यक्रम परीक्षणको रूपमा सुरू भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभीआरएस) को ईचलान (डिजिटल चिंट) को शुभारम्भ गर्नुभएको हो ।

पहिलो चरणमा बागमती प्रदेश अन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा आएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ । डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सक्नेछन् ।