images
images

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै

  • ४ मंसिर २०७९, आईतवार ०६:०८

काठमाडौं । आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजे मुलुकभरका मतदान केन्द्रमा एकैचरणमा मतदान सुरु हुने भएको हो । मतदान साझँ ५ बजेसम्म हुनेछ । मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको आयोगले जनाएको छ ।

यस्तै सरकारले शान्ति, सुरक्षाको अ वस्था बलियो बनाइएको उल्लेख गर्दै ढुक्कसँग मतदान गर्न नागरिकलाई आवहान गरेको छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदानले मताधिकार प्रयोग गर्दैछन् । कुल १० हजार ८ सयउ ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ । १ सय ४१ अस्थायी मतदान केन्द्र रहेको आफुदाई पायक पर्ने तथा आफु खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दैछन् ।प्रतिनिधिसभाको निर्वाचनमा २ हजार ४ सय १२ जना उम्मेदवारले भाग लिएका छन् । प्रत्यक्षतर्फ १ सय ६५ जनाका लागि राजनितिक दल र स्वतन्त्रबाट गरी २ हजार ४ सय १२ जना चुनावी मैदानमा छन् । जसमा २ हजार १ सय ८७ जना पुरुष र २ सय २५ जना महिला रहेका छन् ।