दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उत्साहजनक रुपमा मतदान सुरु भएको छ ।
जिल्लाका ९४ वटा मतदानस्थल र १ सय ९७ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । सबै मतदान केन्द्रमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न उहाँले आग्रह गनुभयो । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई जिर्वाचन क्षेत्र रहेको दोलखामा आज हुने निर्वाचनमा कुल १ लाख ६१ हजार ४ सय ५० जना मतदाताले मतदान गर्दैछन् । प्रदेशसभा क्षेत्र नम्बर १ मा ८१ हजार ६ सय १५ जना र प्रदेश सभा क्षेत्र नम्बर २ मा ८० हजार ३ सय १७ जना मतदाताले मतदान गर्नेछन् ।











