images
images

दोलखाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै

  • ४ मंसिर २०७९, आईतवार ०९:१८

जिरी (दोलखा) । दोलखाको सबै स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले सुरक्षा संवेदनशीलताको हिसावले पहिलो नम्बरमा राखेको दोलखामा शान्तिपूर्ण वातावरणमा निर्वाचन भइरहेको हो । विहान ७ बजेदेखि जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । गत स्थानीय तह निर्वाचनमा विहानै हवाई फायर र झडप भएको पालिका बैतेश्वर गाउँपालिकामा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको स्थानीयले बताएका छन् । दोलखा प्रहरीले पनि अहिलेसम्म जिल्लाभरको अवस्था सामान्य रहेको बताएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गंगा प्रसाद पौडेलले तामाकोशी गाउँपालिकाको मालुमा केहीबेर अघि सामान्य झडप भएपनि जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिनुभयो ।

आज जिल्लाको १ सय ९७ मतदान केन्द्रमा मतदान भइरहेको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा एक लाख ६१ हजार ४ सय ५० मतदाताले मतदान गर्देछन् ।