images
images

देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो प्रधानमन्त्री बने

  • ४ मंसिर २०७९, आईतवार १०:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् ।

२०७४ को आम निर्वाचन गराउने बेलामा पनि प्रधानमन्त्री रहेका देउवा २०७९ मा आम निर्वाचन गराउने बेलामा पनि प्रधानमन्त्रीकै पदमा रहेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनको पहिलो चरणको सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गरेपनि देउवाले बाँकी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाभन सम्पन्न गराएका थिए । देउवाले लगातार दोस्रो संसदीय निर्वाचन गराएर रेकर्ड राखेका छन् ।