images
images

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले मतदान गर्न पाएनन्

  • ४ मंसिर २०७९, आईतवार ११:०७

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् ।

बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उममेदवार केसीले मतदान गर्न नपाउने भएका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ स्थायी ठेगाना रहेका केसीको बाग्लुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाउने भएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बाग्लुङमै रहेका थिए ।