images
images

गैरीमुदीमा तनाव, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर

  • ४ मंसिर २०७९, आईतवार १२:१९

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।

वैतेश्वर गाउँपालिकास्थित जनज्योति मावि पुतलिकाठ (ख) मतदान केन्द्रमा मतदान गर्ने क्रममा एक समुह हुलदंगा गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तिन राउन्ड हवाई फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ । मतदान अधिकारी पुजन प्रसाद अधिकारीका अनुसार मतदान प्रक्रिया साँढे ११ बजेदेखि रोकिएपछि अहिले मतदान गराउने विषयमा छलफल भइरहेको छ ।

फाइल तस्विरः