
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादको आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।
जिल्लामा कतिपय राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिष्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको हो । आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न सबै मतदान अधिकृतहरुलाई निर्देशन दिएकोे छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।