images
images

आज मध्यान्हसम्म ३२ प्रतिशत मत खस्यो

  • ४ मंसिर २०७९, आईतवार १३:२२

काठमाडौ । निर्वाचन आयोगले आज मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आज मध्यान्ह १२ः ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको हो । पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिनुभयो । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको आयोगले जनाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।