images
images

दोलखाको जफेमा झडप, प्रहरीद्धारा १९ राउन्ड हवाई फायर

  • ४ मंसिर २०७९, आईतवार १५:१७

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित कालापानी मतदान केन्द्रमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

नेकपा एमालेबाट मतदानका लागि खटिएका एजेन्टमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेपछि कालापानी मावि जफे ख मतदान केन्द्रमा झडप भएको हो । विवाद र झडपले मतदानस्थल असान्त भएपछि प्रहरीले १९ राउन्ड हवाई फायर गरेको छ । सो घटनापछि निर्वाचनमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई सुरक्षा दिएर एउटा कोठामा राखिएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

झडप भएपछि मतदान प्रक्रिया दिउँसो १ बजेर ५० मिनेटदेखि नै रोकिएको छ । जफे पुर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेल तथा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा १ तर्फ उम्मेदवार बनेका कुन्दनराज काफ्लेको गृह गाउँ पनि हो ।