images
images

बैतेश्वरको पुतलीकाठमा तनाव जारी, रोकिएको मतदान अझै सुरु हुन सकेन

  • ४ मंसिर २०७९, आईतवार १५:४४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिका २ मा अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

तनाव सुरु भएको ३ घण्टासम्म पनि पुतलीकाठस्थित जनज्योति मावि मदान केन्द्र (क) मा रोकिएको मतदान सुचारु हुन नसकेको हो । मध्यान्ह १२ बजेदेखि तनाव सुरु भएकोमा अहिलेसम्म्म पनि स्थिति नियन्त्रणमा नआएपछि मतदान गर्न पुगेका कतिपय मतदाताहरु फर्किएका छन् । स्थिति नियन्त्रण गरी मतदान सुचारु गर्ने प्रयास गरिएपनि दुईपक्षीय तनावका कारण अझै सुचारु गर्न नसकिएको मदतान अधिकृत पुजन अधिकारीले जानकारी दिनुभयो । अझै सो मतदान केन्द्रमा होहल्ला जारी रहनुका साथै झडपको प्रयास पनि भइरहेको छ । अहिले मतदाताहरु भोट हाल्ने अधिकार सुरक्षित नगरिएको भन्दै मतदानअधिकृत विरुद्ध जुलुसमा उत्रिएका छन् ।