जिरी (दोलखा) । रामेछापको रामेछाप नगरपालिकामा २ युवकमाथि कुटपिट भएको छ ।
मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुलाई जिल्ला अस्पताल रामेछापमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौ रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र तीन जना फरार रहेकाले खोजीकार्य भइरहेको डिएसपी थिङले बताउनुभयो ।










