
जिरी (दोलखा) । रामेछापको लिखु तामाकाशि गाउँपालिकामा भोट हालेर फर्किने क्रममा एक वृद्धको निधन भएको छ ।
लिखु तामाकोशी गाउँपालिका ४ दुसिमका ७१ वर्षीय ठगबहादुर सुनुवारको भोट हालेर फर्किने क्रममा निधन भएको हो । आज दिउँसो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न मतदान केन्द्र पुगेका सुनुवार भोट हालेर फर्किने क्रममा बेहोस भएका थिए ।
उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको लिखु तामाकोसी गाउँपालिका प्रमुख केशव महतले जानकारी दिनुभयो ।