images
images

११५ वर्षीया वृद्धाले गरिन मतदान

  • ४ मंसिर २०७९, आईतवार १६:४८

पाँचथरमा १ सय १५ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका १ की १ सय १५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । उनले आज तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।