images
images

दोलखामा ५ वटा बुथ कब्जा भएको भन्दै पुनः निर्वाचन गर्न एमालेको उजुरी

  • ४ मंसिर २०७९, आईतवार १७:०९

जिरी(दोलखा) । नेकपा एमाले दोलखाले गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ ।

एमालेले जिल्लाको विभिन्न ५ मतदान केन्द्रको बुथ एकलौटी रुपमा कब्जा भएको भन्दै ५ बुथको निर्वाचन रद्ध गरी पुन निर्वाचन गर्न माग गरेको हो । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलाई भेटेर उजुरी पेश गरेका छन् ।

एमालेले निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकाय समेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्रनै भयावह बनाई गठबन्धनको एकलौटी सहयोग गरेको आरोप लगाएको छ ।