काठमाडौ । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ६ जना भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो । गोली लागेर स्थानका सुरेन्द्र ऐडीको मृत्यु भएको त्रिवेणी गाउँपालिलिका ७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिनुभयो । उहाँका अनुसार गोली चलेपछि आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ ।
आज मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । अहिले सो क्षेत्र त्रासपूर्ण बनेको छ ।










