
सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा एक युवक गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी नुवाकोटको किसपाङ गाउँपालिका–२ का २९ वर्षीय किरण नेपाली गम्भिर घाईते भएका हुन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ३७३४ नम्बरको कार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ सिम्ले नजिक मध्य पहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । कार आफैँ अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खेतमा खसेको थियो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका नेपालीको शरीरमा भित्री चोट देखिएकाले उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेको कारका चालक भने सकुशल रहेका छन् । उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।