जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा जिरी नगरपालिकाका एक बालक मृत फेला परेका छन् ।
गौरीशंकर गाउँपालिका–९ बेदिङमा जिरी नगरपालिका–५ का विर बहादुर तामाङको छोरा १४ वर्षीय संगम तामाङ मृत फेला परेका हुन् । उनी कामको शिलशिलामा शनिबार वेदिङमा दोर्जे छिरिङ शेर्पाको घरमा पुगेका थिए । तर, हिजो दिउँसो करिब ३ बजे उनी सोही घरमा मृत फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी रोल्वालिङको टोली घटनास्थल पुगेको थियो ।
अहिले बालकको शव र दोर्जे छिरिङ शेर्पालाई जिल्ला सदरमुकाम चरिकोट ल्याइँदै गरेको दोलखाका प्रहरी निरिक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । आज विहानै शव घटनास्थलबाट उठाएर पोष्टमार्टमको लागि चरिकोट पठाइएपनि बेदिङ गौरीशंकर गाउँपालिकाको विकट क्षेत्रमा रहेकोले शब चरिकोट आइपुगेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।