images
images

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सुचिमा

  • ४ मंसिर २०८०, सोमबार १६:१२

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज सो मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको हो । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गत कात्तिक २७ गते भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।