images
images

सिन्धुलीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

  • ४ मंसिर २०८०, सोमबार २०:०४

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबास नगरपालिका–२ का ४३ वर्षीय श्याम चौधरी रहेका छन् । धरानबाट काठमाडौँतर्फ आउदै गरेको बा ४ ख ५९४८ नम्बरको बस र विपरीत दिशाबाट बर्दिवासतर्फ जाँदै गरेको ज ११ प ९१७२ नम्बरको मोटरसाइकल सिन्धुलीको कमलामाई नगरपालिका–८ बाघमारास्थित विपी लोकमार्गमा दुर्घटना भएको थियोे । सो दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा सवार महोत्तरीकै ५५ वर्षीय अरुण कुमार कर्ण भने घाइते भएका छन् । घाइते भएका उनको बर्दिवासस्थित सिटी केयर अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।