images
images

बिप्लव माओवादीका दोलखा जिल्ला सेक्रेटरीसहित १६ नेता कार्यकर्ताको सामुहिक राजीनामा

  • ५ मंसिर २०८१, बुधबार १६:२०

दोलखा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका सेक्रेटरी सहित १६ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् ।

नेकपाका बैकल्पिक केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता, कार्यकर्ताले आज सामुहिक राजिनामा गरेका हुन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ र प्रवक्ता खड्गवहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई सम्वोधन गरी उनीहरुले राजिनामा दिएका हुन् ।

राजिनामा पत्रमा विगत लामो समयदेखि पार्टीमा रहेर योगदान दिए पनि बर्तमान अवस्थामा बिभिन्न कारणवश सँगै बस्न नसकिने अवस्था पैदा भएको उल्लेख गरिएको छ । पार्टी जिल्ला सेक्रेटरी योगीले कम्युनिष्टहरुको एकता, धुव्रिकरण र पुर्नमिलनका लागि सामुहिक राजिनामा दिएको र त्यसकालागि आफ्नो नेतृत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेको बताउनुभएको छ ।

सामुहिक राजिनामा दिनेहरुमा वैकल्पिक केन्द्रीय सदस्य एवँ जिलला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवँ केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवँ राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवँ तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् ।

नेकपाको दोलखा जिल्ला कमिटी तथा बिभिन्न कमिटीको जिम्मेवारीमा रहेका नहकुल पोखरेल, दिपक केसी, मनोज भुजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णवहादुर थामी, जयवहादुर खाती र पवित्रा थामीले पनि सामुहिक राजिनामा गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ती;