images
images

रामेछाप र सिन्धुली सहितका ९ जना डिएसपीको सरुवा

  • ५ पुष २०७९, मंगलवार ०८:२२

जिरी (दोलखा) । रामेछाप र सिन्धुलीका सहित ९ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको हो । जसअनुसार रामेछापका हालका डिएसपी राजकुमार थिङ प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा पुगेका छन् । थिङ युएन शान्ति मिसनमा छनोट भएकाले उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको स्थानमा जिल्लामा होम बहादुर पराजुली आउने भएका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालबाट रामेछाप आउन लागेका हुन् ।

यस्तै, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका सुदिपराज पाठकको मानव बेचविखन अनुसन्धान व्युरोमा सरुवा भएको छ भने उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट सुवास खड्का सिन्धुली जाने भएका छन् ।