images
images

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन गराउन समिति गठन

  • ५ पुष २०७९, मंगलवार १७:५१

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशको आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशसभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रदेशसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दावी गरेका छन् ।

आजको बैठकले प्रदेश संसदीय दलको निर्वाचनका लागि पाँच सदस्यीय समिति पनि गठन गरेको छ । बागमती प्रदेश समितिका सभापति चन्द्र महर्जन्को संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराज घिमिरे, गंगा दहाल, र सानु श्रेष्ठ रहेका छन् । सो समितिले पार्टी सभापति शेरबहादुर देउवाको समन्वयनमा संसदीय दलको नेता चयन गर्ने जिम्मेवारी पाएको छ ।