
काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले ३८ वटा हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको छ ।
कात्तिक १५ गते रिलिज भएको चलचित्रले ३८ वटा हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो । आजबाट प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको पूर्ण बहादुरको सारङ्गी’ ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउने पहिलो चलचित्र बनेको छ ।
यो चलचित्रले नेपाली बक्सअफिसबाट मात्रै ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५१ दिनको ग्रस कलेक्सन भने आज सार्वजनिक गर्ने कार्यकारी निर्मातामा रमेश चौलागाईंले जानकारी दिनुभयो । यो चलचित्रले सर्वाधिक कमाई सहित विभिन्न क्षेत्रमा रेकर्ड राख्न सफल भएको छ ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।