images
images

सार्वजनिक स्थान जाँदै हुनुहुन्छ ? खोप कार्ड बिर्सिएला !

  • ७ माघ २०७८, शुक्रबार ०२:४९

काठमाडौं । आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।

सरकारले आजदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको हो । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ । यस्तै, जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक स्थानहरुमा जाँदा खोप कार्ड बोक्नुपर्नेछ । यदि कोरोनाविरुद्धको खोप कार्ड नभएमा प्रवेश गर्न दिइने छैन ।